Sunday, February 10, 2019

संगीता प्रधान को "मायाको तृष्णा" सार्वजनिक



अकोस्टिक नेपालको प्रस्तुति तथा वरिष्ठ श्रष्टा त्रय गीतकार प्रज्वल्ल शमशेर ज ब रा , संगीतकार सचिन सिंह तथा गायिका संगीता प्रधान रानाको सहकार्यमा "मायाको तृष्णा" सार्वजनिक भएको छ ।

नेपाली सुगम संगीतको इतिहासमा खारिएका श्रष्टाहरुबाट सीर्जित सो गीत सरस्वती पूजाको दिन एक समारोहका  बिच सार्वजनिक गरिएको छ ।
हुन त श्रष्टाहरु पछिल्लो समयमा मुख्यत:  बजार तताउने नृत्य प्रधान गीतमा ब्यस्त छन् र कुनै पनि श्रष्टाहरुको मापकको  पर्याय नै Digital Sales र You Tube Views  बनेको छ । 

मिडीयाकर्मीले पनि गीत संगीत मा Digital Sales र You Tube Views लाई नै आधार मानेर नेपाली गीत संगीत छनौट तथा प्रशारण गर्ने अवस्था आइपरेको छ। यधपी पछिल्लो समयमा कतिपय संगीतकारहरुलाई गीत चोरीको तथा मौलिक सिर्जनाको अभावको आरोप पनि लाग्ने गरेको छ तथा भाइरल  भएका  विभिन्न संगीतकारहरुका विभिन्न गीतहरुका मेलोडी पनि समान भएको आरोप  लाग्ने गरेको छ । तथापि कति गीतहरु यस्ता हुन्छन जुन बजारलाई बिर्सेर पटक पटक सुनिरहन मन लाग्छ र मनमै राख्न मन लाग्छ। आफ्ना भोगाइहरु संगै सम्झिरहन वा गुनगुनाई रहन मन लाग्छ। "मायाको तृष्णा" ले अहिलेको समयमा  ओझेल परेको  नेपाली सुगम संगीतलाई निरन्तरता दिने  अपेक्षा गरिएको छ। 

भिडियो हेर्नको लागि तल क्लिक गर्नुहोस् ।


1 comment:

  1. is prakash sir still there? can I have your whats up number, will call you soon? call me at whatsup
    16036746209

    ReplyDelete